माओवादीको तीन आयोगका प्रमुख छानिए

माओवादीको तीन आयोगका प्रमुख छानिए


photo: rss

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको अन्तिम दिन आइतबार विभिन्न तीन आयोगको प्रमुख चयन गरिएका छन् ।

महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन र अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गरे । अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको थियो ।

पार्टीको निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ भने अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ ।

तीनवटै आयोगमा २५–२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ ।