कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने


माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी घोषणा गरिसकेको छ भने आज बस्ने बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।