नेकपा एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

नेकपा एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार



नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले सबै प्रदेशबाट उम्मेदवारको छनोट गरिएको जनाएको हो ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

एमालेले तय गरेका उम्मेदवारहरू-

प्रदेश १
खुला : देवराज घिमिरे, झापा
महिला : सुमित्रा भण्डारी, झापा
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा, सोलुखम्बु

प्रदेश २
खुला : असर्फी भिनवार यादव, धनुषा
महिलाः बिना साह, रौतहट

बागमती
खुला : गोपाल शाक्य , ललितपुर
महिला : निरकुमारी कुँवर (निरु दर्लामी), सिन्धुली

गण्डकी
खुला : पुण्यप्रसाद पौडेल , कास्की
महिला : लीला पोखरेल थनेत, नवलपुर
दलित : गोविन्दबहादुर नेपाली, बाग्लुङ

लुम्बिनी
खुला : रामदयाल गुप्ता , दाङ
महिलाः भारती खनाल , बाँके
दलितः कृष्णबहादुर सुनार , गुल्मी

कर्णाली
खुला : चूडामणि शर्मा , सुर्खेत
महिला : गंगा थापा महत , जुम्ला
अल्पसंख्यकः पदमबहादुर माझी , दैलेख

सूदुरपश्चिम
खला : डिल्लीराज भट्ट , डोटी
महिला : सन्तोषकुमारी शर्मा , कैलाली
दलित : नरेश बिक, बैतडी