प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने


नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । बताइएअनुसार भारत भ्रमणका क्रममा प्रम देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।