मन्त्रीमाथि नगद असुलीको आरोप !

मन्त्रीमाथि नगद असुलीको आरोप !


भौतिक योजनामन्त्री रेणु यादवका नाममा दुई खास व्यक्तिले मातहतका विभिन्न कर्मचारीहरूसँग नगदअसुली सुरु गरेपछि मन्त्रालयभित्र मन्त्रीको बदनामी भएको छ । यसअघि पनि पटक-पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी यादव पहिले यसरी बदनाम भएकी थिइनन् । भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै ठेकेदार राजकिशोर गुप्ता र अभिषेक यादवलाई अघिसारेर मन्त्री रेणुले असुली धन्दा शुरु गरेको आरोप सम्बद्ध कर्मचारी तथा ठेकेदारहरूले लगाएका छन् ।

डिईहरूको सरुवा स्थान हेरी प्रतिव्यक्ति चालिस लाखदेखि साठी लाखसम्म लिएर गर्ने गरेको समाचारसूत्रको दाबी छ । हालै सडक विभागका महानिर्देशक अर्जुनजङ थापालाई असमयमै हटाइएको छ र, उनको स्थानमा शिवहरि सापकोटालाई चयन गरिएको छ । मागेजति रकम उपलब्ध गराउन नसकेका कारण थापालाई बिदा गरिएको र सापकोटा मोटो रकम कबुल गरेर महानिर्देशक बन्न सफल भएको चर्चा सडक विभाग परिसर र ठेकेदारहरूका बीचमा दुवैको फोन भएन ।

ठेक्का व्यवसायी गुप्ताले दाबी गरेजस्तै मन्त्री रेणुले कर्मचारीहरूबाट रकम असुल्ने नगरेको भन्ने कुरा गलत भएको समाचार सूत्रको दाबी छ । कर्मचारीको सरुवा र नियुक्तिमा कसरी लेनदेन भइरहेको छ भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन शुरु गर्ने हो भने सबै तथ्यहरू स्पष्ट हुने भुक्तभोगीहरूको भनाइ छ ।