दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउन सहमति गर्ने भारतीय मन्त्रिपरिषद्को निर्णय

दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउन सहमति गर्ने भारतीय मन्त्रिपरिषद्को निर्णय


नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्रीपुल बन्ने भएको छ ।

त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबारको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका छन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।