‘एमालेलाई जनताको साथ छ, निर्वाचनबाट पहिलो दल बनेर सरकार बनाउने छ’ : केपी ओली

‘एमालेलाई जनताको साथ छ, निर्वाचनबाट पहिलो दल बनेर सरकार बनाउने छ’ : केपी ओली


file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका एमाले जिल्ला अधिवेशनको शुक्रबार संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

पार्टीको थापाथलीस्थित कार्यालयबाट उद्घाटन समारोहलाई सम्बोधन गरेका अध्यक्ष ओलीले वर्तमान सरकारलाई पाँचमुखे सरकारको विशेषण दिँदै जनताको आदेशविना अन्यत्रबाट बनेको गठबन्धन सरकार प्रतिगामी भएकोले यसले देश र जनताको पक्षमा काम गर्न नसक्ने जिकिर गरे । पाँच मुख भएको सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोप ओलीले लगाए।

आफूहरु चुनावको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो दल बनेर सरकार बनाउने दाबी गरे ।

हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।