माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उनका सुपुत्री एवम् स्वकीयसचिव गङ्गा दाहालले सार्वजनिक गरेकी छन् । “उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ, अहिले उहाँ निवासमा बसेर स्वास्थ्यलाभ गरिरहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ”, दाहालको भनाइ छ ।

चिकित्सकको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले उहाँका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।

यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।

चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा बस्ने उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।