रेल्वेको १४ हजार क्लिप फेरि चोरिए

रेल्वेको १४ हजार क्लिप फेरि चोरिए



कुर्था-जयनगर रेल्वे ट्रकको क्लिप फेरि पनि चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए ।

रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । महाप्रबन्धक निरन्जन झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको छ ।’

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर-बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था-जयनगरसम्म मात्रै रेल सेवा संचालनको तयारी भए पनि सञ्चालनका लागि परीक्षण मात्रै गरिएको छ ।