तनहुँमा जीप दुर्घटना, चालकको मृत्यु

तनहुँमा जीप दुर्घटना, चालकको मृत्यु



पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नं. को जीप अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको नाम, थर ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिएका छन् । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उता देउखुरी-तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा. २ प १८४० नंको मोटरसाइकल घोराही-११ बुकालीडाँडा नजिकै लु.अ. प १२५६ नंको जीप र ना. ७ ख ५३१२ नं. को टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालका अनुसार चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जीप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको