विभिन्न राजनीतिक दल, संघसंस्था एवम् आम तप्काले बडामहाराज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस स्वस्फूर्त रुपमा मनाउने तयारी गरिरहेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्तिका अवसरमा सार्वजनिक बिदाको घोषणा गर्न चौतर्फी माग उठे पनि नेपाल सरकार भने अझै अनिर्णयको बन्दी बनिरहेको छ ।
यसै सिलसिलामा पृथ्वीजयन्तीका अवसरमा पूर्व श्री ५ ज्ञानेन्द्र शाह मंगलबार (पुस २७) पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जानुहुने भएको छ ।
पृथ्वीजयन्तीका अवसरमा पहिलोपटक पूर्व श्री ५ बाट सिंहदरबारको मुल गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लागिएको हो ।
पूर्व श्री ५ का संवादसचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै भोलि मध्यान्ह साढे १२ बजे पूर्वराजा सिंहदरबारअगाडि पुग्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया