बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’मा भएको एक मदिरा पार्टीलाई लिएर माफी मागेका छन् ।
यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धात्मक नियम जारी थियो ।
बेलायतमा विगत दुई दिनयता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।
‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । उनले महामारीमा करोडौँ मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए ।
उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गर्दै घटनाको जिम्मेवारी आफूले लिने बताए ।
प्रतिक्रिया