उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाको दाबी पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।
‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाइल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् ।
उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटा आणविक हतियार परीक्षण गरेको छ । शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाइल प्रहार गरेको थियो । त्यस्तै, उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो ।
प्रतिक्रिया