प्रदेश २ को नाम ‘मधेश प्रदेश’, राजधानी ‘जनकपुरधाम’

प्रदेश २ को नाम ‘मधेश प्रदेश’, राजधानी ‘जनकपुरधाम’


प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ, जुन दुई तिहाइ बहुमत हो ।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

साथै, यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।