संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग-अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले जनाएअनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । बताइएअनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।
सोमबार अबुधानी विमानस्थलनजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् ।
आक्रमण ड्रोनको माध्यमबाट गरिएको प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया