अर्थ बहुउद्देश्यीय सहकारी बाह्रौँ वर्षमा प्रवेश

अर्थ बहुउद्देश्यीय सहकारी बाह्रौँ वर्षमा प्रवेश



अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औँ वार्षिक साधारण सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले प्रमुख आतिथिका रूपमा साधारणसभालाई सम्बोधन गर्दै सहकारीकर्मीहरूले आफ्ना सदस्यहरूलाई सर्वसुलभ र सहज ढङ्गले सेवा प्रवाह गराउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रमको सभापतित्व गर्दै संस्थाका अध्यक्ष अरविन्द चन्द्र अमात्यले अर्थ बहुउद्देश्यीय सहकारीका तमाम सदस्यहरूको आर्थिक/सामाजिक विकास तथा जीवन स्तर उकास्नका लागि विभिन्न योजना एवम् कार्यक्रमको तर्जुमा गरिएको जानकारी दिनुभयो । सो क्रममा उहाँले बितेको वर्षमा संस्थाले निकै प्रगति गरेको विवरणसमेत प्रस्तुत गर्नुभयो ।

संस्थाका उपाध्यक्ष प्रकाशमान श्रेष्ठद्वारा स्वागत मन्तव्य दिइएको समारोहमा लेखा समितिका संयोजक मिलन श्रेष्ठले आ.व. ०७७/७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले आ.ब. ०७७/७८ मा सहकारीले ४१ लाख २५ हजार दुई सय असी रूपैयाँ मुनाफा गर्न सफल भएको उल्लेख गर्दै शेयर सदस्यहरूलाई १३ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिनुभयो । संस्थाले आ.व. ०७७/७८ मा लगभग चौध करोडको हारहारीमा कारोबार गरेको उहाँको भनाइ थियो ।

विभिन्न संघ-संस्थाबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका अतिथिहरूले सहकारीको उत्तरोत्तर प्रगतिका लागि शुभकामना मन्तव्य दिएका थिए । समारोहमा जेष्ठनागरिक सदस्यलगायत विभिन्न विधामा सम्मानसहित पुरस्कृत गरिएको थियो ।

  • दिनेश महर्जन