अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा विभिन्न समिति र कार्यक्रमको तर्जुमा

अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा विभिन्न समिति र कार्यक्रमको तर्जुमा


  • सनत आचार्य, बेल्जियम

पर्वत जिल्लामा जन्मिएर रोजगारीको सिलसिलामा संसारभरी छरिएर रहेका पर्वतेलीहरूको साझा संस्था ‘अन्तर्राष्ट्रिय पर्वत समाज’को दोस्रो बैठक सम्पन्न भएको छ ।

समाजका अध्यक्ष झलक केसीको अध्यक्षतामा जुममार्फत सम्पन्न बैठकले पदाधिकारी चयनका साथै विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै समाजका अध्यक्ष झलक केसीले पदाधिकारी एवम् नयाँ जिम्मेवारी पाउनुहुनेहरूलाई शुभकामनाका साथ संस्थाको विधान र गरिमालार्ई आत्मसात गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

अन्तर्राष्ट्रिय पर्वत समाजको काम पर्वत जिल्लाको समृद्धि र विकासमा सहयोग पुऱ्याउनु भएको प्रष्ट्याउँदै उहाँले यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

पर्वतमा जन्मिएर हाल प्रवासमा रहेका प्रत्येक नेपालीले जिल्लाको समग्र विकासका लागि समेत सहयोग गर्नु आफुहरूको नैतिक दायित्व हुने बताउँदै उहाँले विदेशमा रहेकाहरूको सानो लगानी स्वदेशका लागि ठुलो बन्न सक्ने धारणा राख्नुभयो ।

बैठकले अन्तराष्ट्रिय पर्वत समाजको काउन्सिल परिषद् प्रमुखमा हितकाजी गुरुङलाई मनोनित गरेको छ । गुरुङ यसअघि संस्थाका प्रमुख संरक्षक हुनुहुन्थ्यो । संस्थाले समाजका निवर्तमान अध्यक्ष पुरन गिरीलाई प्रमुख संरक्षकमा मनोनित गरेको छ । त्यस्तै, संस्थाका प्रमुख सल्लाहकारमा डाक्टर जगनाथ शर्मालाई मनोनित गरेको संस्थाका महासचिव मणि भुर्तेलले जानकारी दिनुभयो ।

महासचिव भुर्तेलका अनुसार अन्य सल्लाहकारहरूमा विभिन्न देशको प्रतिनिभित्व हुनेगरी सल्लाहकार चयन गरिएको छ । अष्ट्रेलियाबाट देवबहादुर गुरुङ र बेल्जियमबाट खड्क केसी, लेक्जम्वर्गबाट नारायण गुरुङ, मलेसियाबाट हेमराज सापकोटा, हङकङबाट मीनबहादुर गुरुङ, डेनमार्कबाट उदय गौतम, इजराइलबाट दिपीका भुषाल, अष्ट्रियाबाट सागर सुवेदी, बेल्जियमबाट बालेन्द्र गुरूङ, जापानबाट नारायण सुवेदी र ओम गुरुङ, स्पेनबाट ओमबहादुर गुरुङ, नेदरल्याण्डबाट मनोहरि शर्मा, यू.ए.ई.बाट गोपी भुषाल, स्वीडेनबाट अर्जुन श्रेष्ठ, यूकेबाट कृष्ण गुरुङ, नदेरल्याण्डस्बाट नर रोका, कतारबाट दिलकुमार श्रेष्ठ, बहराइनबाट कृष्णबहादुर सुनार र अमेरिकाबाट रूद्र गुरूङ मनोनित हुनुभएको छ ।

संस्थाको संरक्षकमा कुल आचार्य, महेश श्रेष्ठ, गोविन्द सुवेदी, अर्जुन श्रेष्ठ, मोहन शर्मा, सुभाष जोशी ‘सन्तोष’, सुरेन्द्र भुषाल, रवि लामिछाने चयन भएका छन् ।

संस्थाको रिक्त रहेको उपाध्यक्ष पदमा निवर्तमान महासचिव गुणराज शर्मा ‘गुराँस’लाई मनोनित गरिएको छ । त्यसैगरी देश प्रतिनिधि हुने गरि नेदरल्याण्डबाट नारायण शर्मा, डेनमार्कबाट मुक्ति श्रेष्ठ, बेल्जियमबाट दीपक न्यौपाने, अष्ट्रेलियाबाट चन्द्र तिवारीलाई मनोनित गरिएको छ भने नर्वेबाट विजय काफ्ले, पोर्तुगलबाट हेमराज सुवेदी, कतारबाट शक्ति क्षेत्री, हङकङबाट भीमबहादुर गुरुङ, फ्रान्सबाट कमलविक्रम केसी, कोरियाबाट गंगासागर पौडेल शर्मालाई चयन गरिएको छ ।

संस्थाको आर्थिक सल्लाहकारमा शेषराज रेग्मी (पर्वत), संस्थाको कानुनी सल्लाहकारमा पर्वतबाट केशवराज पुरी, प्रेस सल्लाहकारमा पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा र पत्रकार साजन परियारलाई चयन गरिएको छ ।

संस्थाको विधानमा व्यवस्था भएअनुसार पञ्चवर्षीय योजनाविदहरूको संयोजकममा सुभाष जोशी ‘सन्तोष’ तथा सदस्यहरूमा गंगा भुषाल र गोविन्द गौतम छानिएका छन् । साथै संस्थाको आर्थिक पक्षलाई बलियो बनाउन तथा संस्थामा आजीवन सदस्यता ब्यापक गराउनका लागि वरिष्ठ उपाध्यक्ष परशुराम पौडेलको संयोजकत्वमा सचिव बाबुराम शर्मा, सह-कोषाध्याक्ष रुद्रमणि भुर्तेल हुने गरी समिति बनाइएको छ ।

त्यसैगरी संस्थाले महासचिव मणि भुर्तेलको संयोजकत्वमा पर्वत समाज बेल्जियम, स्पेन, नेदरल्याण्ड, यूके, जापान, यूएई, अमेरिका, हङकङ, कतार, बहराइन, कोरियाका अध्यक्षहरूसहितको समिति निर्माण गरी संस्थाको वार्षिक कार्ययोजना तर्जुमा गर्ने भएको छ ।

समाजले आगामी फेब्रूअरी महिनामा महिलाको पाठेघसम्बन्धी समस्यालाई दृष्टिगत गरी सोसम्बन्धी अनुभवी चिकित्सकसहित बृहत स्वास्थ्य शिविर संचालनका लागि समाजकी उपाध्यक्ष संगीता कार्कीको संयोजनमा ब्यवस्थापन समिति निर्माण गरेको छ । समाजले गाउँपालिकासँग समन्वय गरी पर्वतको दुई स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।