‘भाटभटेनी’हरूमा केन्ट आर.ओ.को डेमो

‘भाटभटेनी’हरूमा केन्ट आर.ओ.को डेमो


तीन हजार विशेष छुट र केन्ट ह्यालोजन हिटर सित्तैमा प्राप्त हुने

स्वच्छ पानीको आवश्यकता देखाउँदै केन्ट आर.ओ.ले विभिन्न स्थानका ‘भाटभटेनी’मा डेमो गर्दैछ ।

गत साता शुक्रबार काठमाडौं कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेको र अब आउने शुक्रबार (माघ ७) र शनिबार राधेराधे (भक्तपुर) भाटभटेनीमा डेमो गर्ने कम्पनीले जनाएको छ ।

यसरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ । ‘राधेराधे’पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै अन्य विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ ।

तोकिएको अवधिमा, प्रत्येक केन्ट आर.ओ.को खरिदमा रु. ३,०००/- को विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।