त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पैदा गरेको लाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पैदा गरेको लाज


बैंकक विमानस्थलमा संसारभरका मानिस ओइरिएको देख्दा लाग्छ- संसारका मानिसको भेट्ने स्थल यही नै हो । मानिसहरू हुलका हुल स्वचालित भर्‍याङबाट उक्लिरहेका छन्, ओर्लिरहेका छन् । हजारौँ सङ्ख्याका ड्युटी फ्री पसलहरू यात्रुले भरिएको छ । खाने रेस्टुरेन्टदेखि मसाज गर्ने स्थानसम्मलाई सेवा दिन भ्याई-नभ्याई छ । लामो ट्रान्जिट भएकाहरू माथिल्लो तल्लामा रहेको होटलमा केही घन्टा आराम गर्ने सोचमा छन् भने कति विश्रामका लागि राखिएका आरामदायी लामो मेचमा विश्राम गरिरहेका छन् । ठाउँ-ठाउँमा राखिएका ठूला-ठूला टीभी स्त्रिmनले आउनेजाने सयाँै फ्लाइटको दुरुस्त सूचना दिइरहेको छ भने ठाउँठाउँमा भएका एअरलाइन्स-काउन्टरहरूले ग्राहकलाई सुविधा प्रदान गरिरहेका छन् । सयौँ शौचालय-गृह एकदमै सफा छन् र त्यहाँ ट्वाइलेट पेपरदेखि साबुन-पानीको कुनै कमी छैन । त्यहाँ सफाइमा खटिने कर्मचारीको फोटो र नाम पनि हरेक शौचालयमा फोटोसहित राखिएको छ । मान्छेले सेवा लिनेबित्तिकै सफाइ भइहाल्दो रहेछ । बत्तीको उज्यालोले पूरै र्टर्मिनल दुलहीझैं सिंगारिएको छ भने मानिसलाई धेरै हिँड्न नपरोस् भनेर करिडोरहरूमा पनि स्वचालित आफैं र्सर्ने ऐक्सक्याभेटरहरू जडान गरिएका छन् । म कैयौँपटक बैंककको विमानस्थल भएर नेपाल आउने-जाने गरेको छु र हरेकपटक त्यहाँ बाह्र घन्टासम्म ट्रान्जिट पर्दा पनि मलाई थकाइसम्म पनि लागेको अनुभव हुँदैन । यसपल्ट पनि भर्खरै म फूलैफूलले सजाइएको त्यो एयरपोर्टबाट नेपाल फर्किएँ ।
नेपाल फर्किनेबित्तिकै त्रिभुवन विमानस्थलले यात्रुलाई स्वागत गर्छ नै । हवाईजहाजबाट बाहिर निस्केर भर्‍याङ ओर्लनुपर्ने बाध्यता यहाँ थियो । भर्‍याङ ओर्लेर र्टर्मिनल जान बसमा चढ्नुपर्ने बाध्यता थियो । र्टर्मिनल यति सानो लाग्छ कि यसलाई देशको अन्तर्राष्ट्रिय विमानस्थल भन्न पटक्कै सुहाउँदैन । जसै इमिग्रेसन जाँच हुने हलमा छिरियो- केही काउन्टरमा लामा-लामा लाइन लागिरहेको देखिन्थ्यो । लामो लाइन देखेर मसँग गएका मित्र शौचालय जान्छु भनेर मलाई ब्याग छोडी त्यता लागे । म यताउता हर्ेन थालेँ । एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा आजका दिनमा हुनुपर्ने सुविधा कतै देखिँदैन थियो । म बैंककको विमानस्थलसँग यो विमानस्थलको भौतिक अवस्था तुलना गर्न थालेँ । कतै तुलना गर्ने अवस्था थिएन । बैंककको त्यो भव्य विमानस्थलका सामु त्रिभुवन विमानस्थल ढुङ्गेयुगको विमानस्थलझैं लाग्दथ्यो । म आफ्नो मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल देखेर आफैं दिक्क भइरहेको थिएँ ।
यत्तिकैमा शौचालय जाने साथी फर्किएर आइपुगे । उनि मुसुमुसु हाँस्दै थिए । मैले हाँसेको कारण सोधेँ । मलाई भन्न खोज्दा उनको मुखबाट झन् ठूलो हाँसो फुत्कियो । वल्लवल्ल उनले हाँसो रोक्दै मलाई बताउन थाले । उनी शौचालयमा जाँदा देखेको घटनाले उनलाई यति हँसाएको रहेछ । भएछ के भने उनी पिसाब फर्ेन भनेर एराइभल इमिग्रेसन कक्षमा भएको शौचालयमा गएछन् । तर, त्यहाँको दर्ुगन्ध देखेर उनी शौचालय छिर्नै सकेनछन् । अरू पनि भित्र छिर्नेबित्तिकै आत्तिएर नाक छोप्दै बाहिरिएको देखेछन् । जो दिसापिसाब रोक्न सक्थे तिनले रोकेर फर्किएछन् तर एकजना विदेशबाट आएका नेपालीले भने दिसा रोक्नै नसक्ने भएछन् र जस्तै फोहोर भए पनि आफू हल्का हुने सोच राखेछन् तर त्यहाँ भएका दुईवटा पुरुष शौचालयमा न पानी थियो न ट्वाइलेटपेपर । रोक्नै नसक्ने अवस्थामा पुगेका ती यात्रुले नजिकै उभिएका एक व्यक्ति जो सफाइ गर्ने कर्मचारी हुन् वा अरू कोही हुन् लाई पानी नभएको गुनासो गरेछन्, जवाफमा सभ्य तरिकाले ती कर्मचारीले भनेछन्, ‘यहाँ पानी नआएको केही दिन भइसक्यो, ट्वाइलेट बिग्रिएको छ त्यसैले तल जानोस् ।’ एकदमै गाह्रोसँग बोलिरहेका ती यात्रुले ट्वाइलेटपेपर राखिदिन अनुरोध गरेछन्, बदलामा सभ्य ढङ्गले ती कर्मचारीले जवाफ दिएछन्, ‘हर्ेर्नुस् न हामीले स्टोरबाट ट्वाइलेटपेपर मागेको निकै दिन भइसक्यो तर ल्याइदिएको छैन ।’ रुन मात्र नसक्ने हालतमा पुगेका ती यात्रुले याचना गर्दै पुन: पानी वा ट्वाइलेटपेपरमध्ये एक चिज ल्याइदिन अनुरोध गर्दा सभ्य ढङ्गले नै ती कर्मचारीले सल्लाह दिएछन्, ‘तपार्इं तल जानुस्, तलको ट्वाइलेटमा पानी छ ।’ तल भनेको भन्सार र सामान बुझ्ने कक्ष भनेको हुनुपर्छ । ती विवश यात्रुले सासको बलमा पुन: याचना गर्दै सोधेछन्, ‘मलाई ज्यादै अप्ठ्यारो भइसक्यो तल कसरी जाउँ ?’ यो प्रश्नको जवाफमा उनले लामो इमिग्रेसनको लाइन देखाउँदै सभ्य ढङ्गले सल्लाह प्रदान गर्दै भनेछन्, ‘ऊ त्यो लाइनमा लाग्नुहोस् र इमिग्रेसनमा छाप लगाउनुहोस् र तल शौचालय जानुस् ।’ यो सुनेर ती यात्रु रुन मात्र सकेनछन् । उनलाई लागेको रहेछ- यस्तो आपतको अवस्थामा उनी छोटो बाटोबाट अर्को शौचालय जान सक्नेछन् । ती विवश यात्रु र विमानस्थलका कर्मचारीको वार्तालाप त्योभन्दा बडी सुन्न नसकी मेरा मित्र हाँसो रोक्न नसक्ने अवस्थामा पुगेका रहेछन् । साथीले त्यो करुणादायी अवस्था बडी हर्ेन सकेनछन् तर पनि ती सफाइ कर्मचारीले सहज ढङ्गले पानी नभएको, ट्वाइलेटपेपर नभएको र दिसाले च्यापेका व्यक्तिलाई लामो न लामो लाइनमा बसेर तल गई पानी भएको शौचालयमा जान दिएको सल्लाहले भने उनलाई हँसाएरै छोडेछ ।
त्यसपछि इमिग्रेसन काउन्टर पार नगरुन्जेल मेरा मित्रले बैंककका शौचालय र नेपालका ती दुई शौचालयका अवस्थाबारे व्याख्या गर्दै रहे । जतिजति उनले त्रिभुवन विमानस्थलको शौचालयको वर्णन गर्दै जान्थे त्यतित्यति बैंककको विमानस्थलप्रतिको सम्मान हामीबीच बढ्दै जान्थ्यो । मलाई त्यस दिन अनुभव भयो कि कुनै पनि विमानस्थलले त्यस देशको अवस्था पनि बुझाउन सक्ने रहेछ । एकैपल्ट नेपालमा र थाइल्यान्डमा आरएनएसी र थाई विमान कम्पनी खुलेका थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यथार्थ यही हो । नेपालको एकरुपैयाँ लिएर जाँदा थाइल्यान्डको दुई रुपैयाँ पचास पैसासम्म पाइन्थ्यो भन्ने कुरामा पनि धेरैलाई विश्वास नलाग्न सक्छ तर त्यो पनि यथार्थ नै हो । आज थाइल्यान्ड संसारकै व्यवस्थित र सम्पन्न मुलुकतर्फ जाँदै छ र त्यही दाँजोको हाम्रो देश अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दुईवटा ट्वाइलेटमा पानी र ट्वाइलेटपेपर हाल्न सक्ने अवस्थामा छैन । कति दु:खद् यर्थाथ छ यो । आखिर विमानको टिकट खरिद गर्दा यात्रुले तिर्ने कर त बैंकक र नेपालमा उत्तिकै छ नि ।
बल्लबल्ल इमिग्रेसनबाट तल सामान लिने ठाउँमा ओर्लंदा फ्लाइट जुधेर होला खुट्टा राख्ने ठाउँ थिएन । एउटा ट्रलीले अर्को ट्रलीलाई दनक दिँदै थियो । थाई एअरवेजबाट आएको सामान यता आउँछ भनी बोलाइकोले सबै यात्रु त्यता लागे । एकैछिनमा कर्मचारीले थाई एअर लेखिएको प्लेकार्ड लिएर तलतिर लाग्यो, सबै फेरि त्यतै दौडिए । जाडो याममा पनि त्यहाँको हल्ला र साँघुरो स्थानले विदेशीहरूको पसिना छुटाएको थियो । बल्लबल्ल सामान आइपुग्यो । सामान बुझेर फेरि भन्सारको काउन्टरतर्फ लागियो । बिचरा भन्सारका कर्मचारी पनि एउटा मात्र एक्स-रेद्वारा सेवा दिन विवश थिए । त्यस्तो माहोलमा राम्रोसँग जाँच हुन सक्ने अवस्था पनि थिएन । जसैतसै बाहिर आउँदा ट्याक्सी चाहिन्छ भन्दै कवाडीतिरबाट ल्याएझैं देखिने एअरपोर्ट ट्याक्सी नामका थोत्रा गाडीका चालकहरू भेटिए । तानौँलाझैं गर्ने तिनका व्यवहार बैंकक एअरपोर्टबाट आएका यात्रुहरूका लागि जङ्गली व्यवहारझैं देखिन्थ्यो । जे-होस् बाहिर आइयो । म नियमित यात्रामा रहने हुँदा दक्षिण पूर्वी एसियामा चाइनाको ग्वान्जु, अरबको दोहा, आबुधावी, भारतको दिल्ली, थाइल्यान्डको बैंकक, हङकङ, कोरिया, जापान, इन्डोनेसिया, मलेसिया, भियतनाम आदि मुलुकका विमानस्थल पुगिरहन्छु । सबै देशमा विमानस्थल आकर्षक र सम्पन्न छन् । प्रत्येक टिकटबाट उत्तिकै एयरपोर्ट ट्याक्स लिने नेपालको हालत मात्र किन यस्तो भएको होला ? म आफैंमा प्रश्न गर्छु । त्रिभुवन विमानस्थलमा रहेका प्रहरी, इमिग्रेसन, भन्सार, टीआईए र सम्बद्ध अरू बिचरा कर्मचारीहरूले कसरी सेवा दिइरहेका छन् ? म उनीहरूप्रति संवेदनशील हुन्छु । जब देशले एउटा अन्तर्राष्ट्रियस्तरको सुविधायुक्त विमानस्थल बनाउनै सक्दैन भने फेरि पर्यटन वर्ष भन्दै किन घोषणा गर्नु ? यदि दुईवटा शौचालयमा ट्वाइलेटपेपर वा पानी दिन सकिन्न भने नेपाल भ्रमणमा विदेशी यात्रु किन बोलाउनु । यदि विमानस्थल सञ्चालन गर्ने रकमसम्म पनि छैन भने टिकटमा विमानस्थल कर किन लिनु ?
यो कुरा निश्चित हो कि त्रिभुवन विमानस्थल आजको अन्तर्राष्ट्रिय विमानस्थलको स्तरमा बिल्कुलै छैन । केवल अन्तर्राष्ट्रिय हवाईजहाज आउँदैमा विमानस्थल अन्तर्राष्ट्रिय मान्न सकिन्न । त्यहाँको भौतिक संरचना र सुविधाका साथै उपकरणहरू पनि अन्तर्राष्ट्रियस्तरकै हुनुपर्छ । नेपालमा उड्डयन मन्त्रालयका मन्त्रीहरूको दाउ केवल सुधारमा भन्दा पनि जहाज भाडा लिँदा वा खरिद गर्दा कमिसन लिने कुरामै बढी केन्द्रित भएझैं देखियो । आफू जाँदा-आउँदा भीआईपी बाटो प्रयोग गरेर होला तिनलाई ती दुई शौचालयको व्यथा थाहा नै भएन । देशको झैं त्रिभुवन विमानस्थलको यो अवस्था आउनुमा पनि मुलुकका राजनीतिक व्यक्तिहरू नैै जिम्मेवार छन् । त्यहाँका कर्मचारीहरूलाई त धन्यवाद दिनुपर्छ किनकि यतिसम्मको स्रोत र साधनको अभावमा पनि तिनले सुरक्षापूर्वक दैनिक अप्रेसनसम्म त चलाएका छन् । देश हाँक्ने नेताहरू यो मुलुकमा कस्ता छन् भन्ने कुरा विदेशी यात्रुहरूले त्रिभुवन विमानस्थलका शौचालय हेरेर पनि अनुमान लाउन सक्लान् किनकि यस्तै अनुमान हामीहरू पनि अरू देशका विमानस्थल हेरेर लगाउने गर्दछौँ । विमानस्थलका शौचालयबाट पनि त्यहाँका नेताहरूको क्षमता थाहा हुन्छ । हालका विमानस्थल हेर्ने मन्त्रीज्यूलाई पनि मेरो निवेदन के छ भने एउटा आधुनिक विमानस्थल बनाउन पहल गर्नुहोस् । यदि सरकारसँग पैसा छैन भने निजी व्यवसायीहरूलाई लिजमा बनाउने जिम्मा दिइयोस् जसरी हाइड्रोपावरमा पीपीए गरिन्छ त्यसैगरी व्यवसायीलाई फाइदा दिलाई विमानस्थल बनाउन लगाउनुहोस् । किनकि, त्रिभुवन विमानस्थल पटक्कै अन्तर्राष्ट्रियस्तरको छैन ।