एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रधानमन्त्री देउवा

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रधानमन्त्री देउवा


file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।

प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।

यस्तै, कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ६ महिनामा आर्थिक तथा सामाजिक क्रियाकलापमा सुधार आएको दाबी गरेका छन्।

७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको जानकारी दिँदै उनले अहिलेसम्म २ करोड ७४ लाख खोप वितरण गरिसकेको उल्लेख गरेका छन्।