- जापान प्रतिनिधि
नयाँ वर्षको शुरुवातसँगै जापानमा कोरोना सक्रमण थपिने क्रम नरोकिएको भन्दै जापान सरकारले थप १३ प्रान्तमा अर्ध-आपतकाल लागु गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै जापानभर १६ प्रान्तमा अर्ध-आपतकाल लागु हुने भएको छ ।
आज शुक्रबारबाट थप १३ प्रान्तमा अर्ध-आपतकाल लागु हुनेछ । आजबाट लागुहुने अर्ध-आपतकाल टोकियोसहित टोकियोसँग जोडिएको सबै प्रान्त साइतामा, गुन्मा, चिवा, खानागावा, आइची, गिफु निगाता, मियाजाकि नागासाकि, खावागा र कुनामोतो प्रान्त रहेको छ । यि प्रान्तहरुमा अधिकतम राति ९ बजेसम्म सेवाहरु दिन सकिने नियम कायम हुनेछन् ।
त्यसैगरी ओसाका, ह्योगो, सिजुओका र क्योतोमा पनि अर्धआपतकाल लगाउन केन्द्र सरकारलाई सिफारिस गरिने भएको छ ।
प्रतिक्रिया