सप्तरीमा दुवै डोज खोप लगाएका पुरूषको संक्रमणबाट मृत्यु

सप्तरीमा दुवै डोज खोप लगाएका पुरूषको संक्रमणबाट मृत्यु


  • सुधा देव, सप्तरी

कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका-७ का ६५ वर्षीय एक पुरूष रहेका छ्न् ।

बिरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, मृतकले कोरोनाको खोप दुवै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।’

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका १ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।