वर्षमान सोमबार स्वदेश फर्किने, अब लाग्ला त माओवादी पदाधिकारीको टुंगो ?

वर्षमान सोमबार स्वदेश फर्किने, अब लाग्ला त माओवादी पदाधिकारीको टुंगो ?


तस्बिर वर्षमान पुनको फेसबुकबाट

नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् ।

उपचारका लागि थाइल्याण्ड हुँदै थप उपचारार्थ गत मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदै छु,’ नेता पुनले भनेका छन् । ​

पुन उपचारका लागि चीनमा रहेको बहानामा माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले आठौँ महाधिवेशनका क्रममा टुंगो लगाउनुपर्ने पदाधिकारीको अझै टुंगो लगाउन सकेका छैनन् । महाधिवेशनले पदाधिकारी चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको छ । पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी स्वदेश आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने प्रचण्डको तयारी रहेको बताइन्छ ।