आइतबार ६,४६२ जना संक्रमित, चार जनाको मृत्यु

आइतबार ६,४६२ जना संक्रमित, चार जनाको मृत्यु



नेपालमा आइतबार थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टाको अवधिमा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ३७७ पीसीआर तथा ४ हजार ६० एन्टिजेन परीक्षण गरिएको छ भने १ हजार ४१६ जना संक्रमणमुक्त भएको र हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।