भैरहवामा एक करोड लगानीमा ग्रान्ड किचन

भैरहवामा एक करोड लगानीमा ग्रान्ड किचन


भैरहवामा एक करोडको लगानीमा द ग्रान्ड किचन खुलेको छ । भैरहवा क्षेत्रमा सस्तो र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्य यो होटल खोलेको सञ्चालक उमेश आचार्यले बताए । अन्य होटलमा भन्दा भिन्न तरिकाले सेवा प्रदान गर्ने उक्त होटलमा फेमली डाइनिङको व्यवस्था गरिएको छ भने नेपाली तथा इन्डियन खानाका स्वाद पनि लिन सकिने छ । सेवग्राहीका लागि लाइब्रेरीको सुविधा उपलब्ध गराएर फरकपन प्रस्तुत गरिएको छ । शुरुवातको चरणमा होटलमा १२ परिकार पाइने खाना पाइने बताइएको छ ।

होटलले बैंकर्सहरुलाई लक्षित गर्दै भैरहवा क्षेत्रका जुनसुकै बैंकमा अनलाइनबाट खाना खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ भने बालबालिकालाई लक्षित गरी बेबी मोमोको प्याकेज पनि सञ्चालन गरेको सञ्चालक हरि आचार्यले जानकारी दिए । होटलले बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म सेवा दिने गरेको सञ्चालकले बताएका छन् ।

होटल भैहरवा क्षेत्रका पाँच व्यवसायी मिलेर सञ्चालन गरिएको छ । होटलमा अहिले १७ जनाले रोजगारी पाइरहेका छन् । पहिलो चरणमा अनलाइनबाट खाना अर्डर गर्न बैंकर्सहरुलाई मात्रै दिए पनि निकट भविष्यमा आम सेवाग्राहीलाई सेवा प्रदान गरिने सञ्चालकले बताएका छन् ।