नेपाली बजारमा केन्टका गिजर

नेपाली बजारमा केन्टका गिजर


जाडो मौसमलाई नजरमा राखेर इओएल प्रालिले केन्टका ग्यास तथा इलेक्ट्रिक गिजरहरू बजारमा ल्याएको छ । गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८,६२० रहेको कम्पनीले जनाएको छ ।

इलेक्ट्रिक गिजरमा चाहिँ अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राइम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राइम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन् । यीमध्ये अस्ट्रल प्राइम १५, अस्ट्रल प्राइम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरूमा रिमोट कन्ट्रोल उपलब्ध छ । केन्टका गिजरहरू ६ देखि ३० लिटरसम्मका उपलब्ध रहेका कम्पनीले जनाएको छ । इलेक्ट्रिक गिजरका मूल्य रु. ११,७६० देखि रु. १९,३३० सम्मका रहेका छन् ।

सबै गिजर एक वर्षको वारेन्टीको साथ प्राप्त हुने र आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध रहेका बताइएको छ ।