कोभिड नियमको विरोधमा बेल्जियममा हजारौँको प्रदर्शन

कोभिड नियमको विरोधमा बेल्जियममा हजारौँको प्रदर्शन



कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौँ प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् ।

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै नियन्त्रणका लागि बेल्जियम सरकारले नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ ।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक भनी चित्रित गरिएको एएफपीले जनाएको छ ।

प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएका दृश्य देखिएका थिए भने पोल्याण्ड, नेदरल्याण्ड्स र रोमानियाका झन्डाहरू भीडमा देख्न सकिन्थ्यो ।

प्रदर्शनकारीहरुले कोरोना नियन्त्रणका लागि घोषित नियमलाई मानव स्वास्थ्यको नाममा लादिएको तानाशाही शासन भएको टिप्पणीसहित आक्रोश व्यक्त गरेका छन् ।