सोमबार ४ हजार ६७६ जनामा संक्रमण, थप चार जनाको मृत्यु

सोमबार ४ हजार ६७६ जनामा संक्रमण, थप चार जनाको मृत्यु



नेपालमा सोमबार थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप ४ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९ पुगेको छ।

हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका र पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पीसीआर तथा ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।