लामो समय विदेशमा स्वास्थ्योपचार गरी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।
हिमालयन एयरलाइन्सको कार्गो विमानमार्फत स्वदेश फर्किएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुनसँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि फर्किएकी छन् ।
बैंकक र चीनमा करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् ।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।
नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।
ज्ञातव्य छ, वर्षमान पुनले पार्टीमा महासचिवको जिम्मेवारी आफूलाई प्रदान गर्न प्रचण्डसँग व्यक्तिगत पहल गरिरहेको सन्दर्भ यतिबेला चर्चामा छ भने पदाधिकारीहरुको चयनका लागि प्रचण्डले पनि पुनको स्वदेशागमन पर्खिरहेका थिए । नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयनको मुद्दा पेचिलो बनेको महसूस गरिएको छ ।
प्रतिक्रिया