नेटोले पूर्वी यूरोपमा युद्धपोत र लडाकु विमान पठायो

नेटोले पूर्वी यूरोपमा युद्धपोत र लडाकु विमान पठायो


युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्धपोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ।

उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।

युक्रेनमाथि रूसीहमलाको अवस्थामा अमेरिका र यूरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् ।

रूसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ । तर रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ ।