क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु


क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनुअगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुःखद घटना भएको क्यामरुनको सरकारी सञ्चारमाध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।