युक्रेनमा सम्भावित रुसी आक्रमणको प्रतिकार गर्न ८ हजार अमेरिकी सेना तयारी अवस्थामा

युक्रेनमा सम्भावित रुसी आक्रमणको प्रतिकार गर्न ८ हजार अमेरिकी सेना तयारी अवस्थामा


अमेरिकी रक्षामन्त्रालय (पेन्टागन) ले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्न सक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रुसले युक्रेनको सीमानजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।

युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रुसविरुद्ध सामूहिक रणनीति अपनाउने विषयमा छलफल भएको थियो ।

पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेनाको उपस्थिति रहेको क्षेत्रमा तनाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन् ।

यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ ।