खाना सर्किएपछि सीतालाई सङ्कट !

खाना सर्किएपछि सीतालाई सङ्कट !



अल्जाइमरलगायतका रोगबाट केही वर्षदेखि सिकिस्त बिरामी पर्दै आउनुभएकी प्रचण्डपत्नी सीता दाहाल जीवन–मरणको दोसाँधमा पर्नुको मूख्य कारण हेलचेक्र्‍याइँ भएको बुझिएको छ । आफ्नो एक मात्र छोरा प्रकाशको रहस्यमयी मृत्युको चोट सहन नसकेर आहत बनेकी सीतामा बिस्तारै अल्जाइमरका लक्षणहरू देखापर्न थालेका थिए । उपचारका निम्ति अनेकौँ प्रयास गर्दा पनि कुनै लाभ नभएपछि केही सहयोगी राखेर उनको हेरविचार हुँदै आएको छ । कहिलेकाहीँ तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्न पति प्रचण्ड र छोरीहरू सीताको साथमा देखिने गरेका भए पनि समयाभावका कारण उनीहरू कसैले पनि सीताको हेरचाहमा ध्यान दिन पाएका छैनन् । सहयोगीले बिनाप्रेमको ‘ड्युटी’ गर्दै आएका छन् र, यसै क्रममा खाना खुवाउँदा सर्किएर खाना फोक्सोमा पुगेकोले सीताको स्थिति गम्भीर बन्न पुगेको हो । कोरोनासमेत पोजिटिव देखिएको अवस्थामा बलजफ्ती खाना खुवाउने क्रममा सर्किएको र फोक्सोमा खानेकुरा पुगेपछि निमोनिया भएको बुझिएको छ ।

प्रचण्डले आफ्नो एक मात्र पुत्र प्रकाशलाई गुमाउनुअघि अर्की एक छोरीलाई पनि गुमाएका थिए । पत्नीको अवस्थाले प्रचण्डलाई थप दुःख भएको अनुमान गर्न सकिन्छ । तर प्रचण्डको सुख र दुःख केवल शक्ति र सत्तासँग मात्र सम्बन्धित हुने भएकोले निजी जिन्दगीमा आइपरेको दुःखले उनलाई ठ्याम्मै नछुने प्रचण्डका निकटवर्तीहरूले जनाएका छन् ।

ज्ञात रहोस्, घरमै आराम गर्नेगरी सीता दाहाललाई मङ्गलबार मेडिसिटी अस्पतालले डिस्चार्ज गरेको छ । कोभिडको असर कम भएपछि पुनः अस्पताल भर्ना गर्ने गरी दाहाललाई डिस्चार्ज गरिएको बुझिएको छ ।