टाट पल्टिने दिशामा देश !

टाट पल्टिने दिशामा देश !


(तस्बिरमा चन्द्रशेखर, राजपक्षे, कारामाल्निस र देउवा)

मूलतः मार्क्सवादलाई आधार मानेर आफ्ना नीति बनाउने र चुनावी प्रकृया अँगालेका दलहरू आफूलाई अचेल समाजवादी र उदारवादी भन्ने गर्दछन् । यस्तै दलहरू सरकारमा भएको बेला नै देशको अर्थतन्त्र टाट पल्टिनु वा टाट पल्टिने स्थितिमा पुग्नु अनौठो संयोग नै हो ।
  • खगेन्द्र गिरि ‘कोपिला’

कसैले भुक्तानी गर्ने क्षमता गुमायो भने त्यस्तोलाई अर्थशास्त्रको भाषामा टाटपल्टेको (bankrupt) वा दिवालिया (defaulter) भएको भनिन्छ । कुनै-कुनै देशको अर्थतन्त्र बिग्रियो भने त्यस्तो देशलाई पनि टाट पल्टेको वा दिवालिया भएको मानिन्छ ।

विश्वमा अनेक देशहरू अनेक कारणले दिवालिया भएका छन् । यसको मूख्य कारण अयोग्य नेतृत्व, प्रभावकारी अर्थनीतिको अभाव, अस्तव्यस्त राजनीति, असफल प्रशासन र युद्धको हारलाई मानिन्छ ।

विगत तीस वर्षमा युद्धको हारभन्दा अन्य कारणले केही देशहरू टाट पल्टेका वा पल्टिन लागेका घटनाहरू निम्नअनुसार छन्-

१) भारतमा सन् १९९०-९१ मा चन्द्रशेखर प्रधानमन्त्री हुँदा अर्थतन्त्र भताभुङ्ग स्थितिमा पुगेर भारत दिवालिया देश बन्ने अवस्था सिर्जना भएको थियो । उनी समग्र भारतको कायापलट गर्छु भन्दै क्रान्तिको उग्र कुरा गर्ने नेता थिए । उनको दल राष्ट्रिय जनता पार्टी नीतिगत रुपले वामकित्तामा उभिएर आफूलाई समाजवादी भन्ने गर्थ्यो ।

२) ग्रिसमा सन् २००७-०८ मा कोन्सट्यान्टिन कारामाल्निस प्रधानमन्त्री हुँदा ग्रिसको अर्थतन्त्र टाट पल्टिएर ग्रिसलाई दिवालिया देश नै घोषित गरिएको थियो । उनले न्यु डेमोक्रेसी पार्टीको सरकारको नेतृत्व गरेका थिए । सो पार्टीले आफूलाई उदारवादी भन्थ्यो ।

३) श्रीलंका पनि सन् २०२१ को अन्तदेखि यताका दिनमा टाट पल्टिन लागेको र अरु देशले श्रीलंकासँग आर्थिक कारोबार गर्न नचाहेको भन्ने समाचारहरू दिनदिनै आइरहेका छन् । श्रीलंकामा हाल श्रीलंका पोदुजाना पेरामुना नामक पार्टीको सरकार छ, जसको नेतृत्व महेन्द्र राजपक्षले गरिरहेका छन् । सो पार्टी सोसियल डेमोक्रेसीको नीति बोकेर आफूलाई वामकित्तामा राख्ने दल हो ।

४) अनेकौँ अर्थशास्त्रीहरूले नेपालको अर्थतन्त्र पनि टाट पल्टिने दिशातिर अग्रसर भएको आशङ्का व्यक्त गरिरहेका छन् । नेपालमा पनि शेरबहादुर देउवाको नेतृत्वमा आफूलाई उदारवादी र वामपन्थी भन्नेहरूकै सरकार कार्यरत छ ।

मूलतः मार्क्सवादलाई आधार मानेर आफ्ना नीति बनाउने र चुनावी प्रकृया अँगालेका दलहरू आफूलाई अचेल समाजवादी र उदारवादी भन्ने गर्दछन् । यस्तै दलहरू सरकारमा भएको बेला नै ती देशहरूको अर्थतन्त्र टाट पल्टिनु वा टाट पल्टिने स्थितिमा पुग्नु अनौठो संयोग नै हो ।

चर्चिलले त उहिल्यै भनेका थिए- समाजवाद सबैभन्दा काम नलाग्ने सिद्धान्त हो ।’