करदाता सेवा कार्यालय धनकुटामा सनराइजको काउन्टर

करदाता सेवा कार्यालय धनकुटामा सनराइजको काउन्टर


सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नपा५ मा अवस्थित करदाता सेवा कार्यालयको प्राङ्गणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । उक्त विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा सङ्ख्या १३ पुगेको छ ।

विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमुख विवेककुमार निरौला र सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीलगायत अन्य कर्मचारी तथा केही स्थानीय उद्योगी, व्यवसायीहरूको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले गरेका थिए ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।