कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, शेखरसमेत समेटिए

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, शेखरसमेत समेटिए


नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डीना), भीष्मराज आङ्दम्बे, जीवन परियार, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुनरनसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा सदस्य रहेका छन् ।

यस्तै, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी, सुजाता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही सदस्यमा सेमेटिएका छन् ।