जापानमा कोभिड संक्रमणको दर उच्च, हालसम्म १८ हजार ७ सय ७ जनाको मृत्यु

जापानमा कोभिड संक्रमणको दर उच्च, हालसम्म १८ हजार ७ सय ७ जनाको मृत्यु


  • टोकियो प्रतिनिधिबाट

आज (२८ जनवरी) जापानमा एकैदिन ८१ हजार ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित बनेका ४३ जनाको मृत्यु भएको छ ।

जापानमा यो साता लगातार हरेक दिन उच्च तहको नयाँ रेकर्ड कायम भएको छ । आज जापानको राजधानी टोकियोमा १७ हजार ६ सय ३१ जना, ओसाकामा १० हजार १३ जना, खानागावामा ६ हजार ४ सय ६९ जना, साइतामामा ४ हजार १ सय ९३ जना, आइचीमा ५ हजार २ सय ६७ जना, चिबामा ३ हजार ७ सय ४५ जना, ह्योगोमा ४ हजार ३ सय ४२ जना, फुकुओकामा ३ हजार ८ सय ७० जना, होक्काइदोमा २ हजार ७ सय ७५ जना, क्योतोमा २ हजार ६५ जनाको संक्रमणसँगै जापानको ४७ वटै प्रान्तमा उच्च संक्रमण देखिएको छ ।

जापानमा हालसम्म २५ लाख २० हजार ६ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये १९ लाख १९ हजार ९ सय २४ जनाले स्वास्थ्यलाभ लिएका छन् । यस्तै, संक्रमितमध्ये १८ हजार ७ सय ७ जनाको मृत्यु भएको छ ।