-शिवजी श्रेष्ठ
राजा वीरेन्द्रको नामबाट बीपीलाई र बीपीको नामबाट राजा वीरेन्द्रलाई बार्गेनिङ गर्ने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको ‘अप्ठ्यारो राजनीति’बाट आजित भएर नेपाल र्फकने निर्णयमा पुगेका बीपी कोइरालालाई उनको व्यक्तिगत सुरक्षा खतरा देखाएर भारतमै रोक्न खोजेका भारतीय समाजवादी नेता जयप्रकाश नारायणलाई ‘इन्दिरालाई रानी मान्नुभन्दा त आफ्नै देशको राजालाई मान्छु नि’ भन्ने जवाफ दिँदै गणेशमान सिंह, खनुपरुदे रामबाबु प्रसार्इं, नीलाम्बर पन्थी, शैलजा आचार्य, खुमबहादुर खड्कासहित स्वदेश फर्किएका बीपी कोइरालालाई एअरपोर्टबाट गिरफ्तार गरी सातवटा प्रश्न सोधिन्छन् । सैनिक, प्रहरी र निजामती अधिकृतहरूका साथ तत्कालीन बागमती अञ्चलाधीशले सोधेका सातवटा प्रश्नमध्ये एउटा प्रश्न थियो- ‘के तपाईं -बीपी)को आगमनले नेपाललाई खतरा पुग्दैन ?’
गणेशमान सिंहसहित नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताहरूबाट बीपीको राष्ट्रिय मेलमिलाप नीतिसहितको स्वदेश आगमन आत्महत्यासरह होइन ? भन्ने प्रश्नदेखि सबै क्षेत्रमा उठेका र उठाइएका प्रश्नहरूको जवाफ दिँदादिँदै आजित भएका बीपीले मेलमिलापको नीति लिएर स्वदेश र्फकनुपर्ने परिस्थति र कारण यसरी जनाएका थिए, ‘त्यतिबेला अफगानिस्तानमा रुसको सहयोगबाट आर्मीले ‘कु’ गरेर सत्ता कब्जा गरेको थियो । इन्डोनेसियामा पनि ‘आइडिट फर्मुला’अनुसार त्यहाँको साम्यवादी दलले सत्ता कब्जा गर्न खोजेको थियो, तर सफल हुन सकेन । नेपालको पूर्वी सीमापारि भारतको बंगाल राज्यमा हिंसात्मक नक्सलपन्थी आन्दोलन चलेको थियो । त्यसको प्रभाव नेपालमा पनि पर्दै थियो । यता सिक्किम भारतमा गाभिइसकेको थियो । यस्तो स्थितिमा नेपालको बिगँरदै गएको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थामा यहाँ पनि विदेशी तत्त्वहरूले चलखेल सुरु नगर्ला भनी भन्न सकिन्न र केही हदसम्म नेपालमा पनि ‘आइडिट फर्मुला’को प्रयोग सुरु भइसकेको थियो । त्यसकारण अब हामी चुप लागेर विदेशमा बस्नुहुन्न, देशभित्रै गएर राजनीतिक गर्नुपर्छ भनी नेपाल आएका हौँ । राजाले यो नसोचुन् कि प्रजातान्त्रिक शक्ति नेपाली काङ्ग्रेसलाई समाप्त पारेर आरामले राज्य गरुँला । प्रजातान्त्रिक शक्ति समाप्त भयो भने उनको पनि अस्तित्व रहने छैन ।’
प्रजातन्त्रका लागि आजीवन लडेका बीपी राष्ट्रिय अस्तित्वको सवालमा बडो संवेदनशील देखिन्छन्, जुन कुरा उनले आफ्नो ‘देशवासीको नाममा अपिल’मा सङ्केत गरेका छन् । प्रजातन्त्रका लागि भारतमा बसेर दुईपटक हतियार उठाएका बीपीले राष्ट्रियताको हत्याको सम्भावना तब महसुस गरे जब इन्दिरा गान्धीले आफ्नो व्यक्तिगत अहम् र राजनीतिका लागि भारतमा १९७५ मा ताण्डव देखाइन् । इन्दिरा गान्धी आफू सत्तामा आएदेखि नै आफ्नाविरोधीको पत्तासाफ गर्ने रणनीतिमा लागिन् । फलत: भारतीय राष्ट्रिय काङ्ग्रेस दुई टुक्रा बन्यो, एउटाको नेतृत्व इन्दिराले गरिन् र अर्कोको मोरारजी देशाईले । यहीबीच इलाहवादको हाइकोर्टका न्यायाधीश जगमोहनले १९७५ मा इन्दिरा गान्धी र राजनारायणबीचको निर्वाचनसम्बन्धी मुद्दामा इन्दिरा गान्धीको मुद्दा खारेज गरी राजनारायणलाई विजयी घोषित गरेपछि इन्दिराले सत्ताच्युत हुनुभन्दा संसद् नै विघटन गरी ‘सङ्कटकाल’ लगाइदिइन् । जयप्रकाश नारायण, चन्द्रशेखर, मोरारजी देशाईदेखि अटलबिहारी वाजपेयी हुँदै विरोधी पक्षका कोही पनि जेलबाहिर रहन पाएनन् । कर्पुरी ठाकुर -पछि बिहारका मुख्यमन्त्री), फणिश्वरनाथ रेणु नेपालमा निर्वासित भए, तर इन्दिराले ‘गेम खेलिन्- ती नेताहरू भारतमा राजालाई बार्गेनिङ गर्दै यता बीपीसँग पनि त्यही कार्ड फ्याँकिन् । यसरी चारैतिरबाट बीपीलाई असहज परिस्थितिको सिर्जना गरी राजनीतिक रूपमा ‘भुत्ते’ पार्ने प्रयास पारियो । यता नेपालमा सत्तारुढ पञ्चहरू बीपीलाई भारतमै रोक्न चाहन्थे । तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति साना राष्ट्रका अस्तित्वमाथि शक्ति राष्ट्रहरूको ‘धावा’ भइरहेको बीचमा बीपीले प्रजातन्त्रको लडाइँलाई निरपेक्ष तवरले होइन राष्ट्रियतासँग सापेक्ष बनाएर लड्नुपर्ने तार्किक निष्कर्षका साथ सदाका लागि स्वदेश र्फकने र राष्ट्रिय मेलमिलापको ‘राष्ट्रियताको सवालमा राजासँग मिलाप, तर प्रजातन्त्रको सवालमा राजासँग सङ्घर्ष’को नीतिमा राजनीतिक यात्रा तय गरे । उनको स्वदेश आगमनको तयारीलाई नेपाली काङ्ग्रेसका नेताहरूले समेत आत्महत्याको संज्ञा दिए । कारण- बीपी, गणेशमान सिंहमाथि सातवटा मुद्दा, जसमध्ये तीनवटामा मृत्युदण्डको माग । तर, बीपीले ‘यदि स्वदेश र्फकनु आत्महत्या हो भने भारतमा निर्वासनमा रहिरहनु ‘मन्द बीस सेवन’ हो’ भनी अनिश्चितताका बीच निश्चितताको यात्रा तय गरे । ती अनिश्चयका सूचकहरू थिए- राजाको असहिष्णुता र सात मुद्दाहरू -१) र्सलाही जिल्लामा मलंगवा हाइस्कुलमा भएको मुठभेडसम्बन्धी राजकाज मुद्दा -२) धरान प्रहरी ब्यारेक -हालको एसएसपी अफिस)मा पड्किएको बमसम्बन्धी राजकाज मुद्दा -३) बागमती अञ्चलको हातहतियारसम्बन्धी राजकाज मुद्दा, -४) झापा जिल्ला धुलाबारीमा हातहतियार जम्मा गरेको भन्ने राजकाज मुद्दा, -५) स्पिट फायर पत्रिकामा राजाविरुद्ध लेख लेखेको भन्नेसम्बन्धी राजकाज मुद्दा -६) गण्डकी अञ्चल, स्याङ्जामा हातहतियार जम्मा गरेको भन्नेसम्बन्धी राजकाज मुद्दा, -७) ओखलढुङ्गा काण्डसम्बन्धी राजकाज मुद्दा -अझ गजब त हवाई अपहरण -२०३०) मुद्दा बीपीमाथि थिएन, तर गणेशमान सिंहमाथि भने त्यो पनि थियो । यसरी राजनीतिक योद्धाहरूलाई कानुनी लडाइँमा थकाएर हतास बनाउने प्रयास गरियो ।
राजनीतिक यात्रामा निस्कनुअघि कानुनमा स्नातकपछि केही समय दार्जिलिङमा पेसेवर वकिल भएर नेपालका पहिलो प्रधानन्यायाधीश हर्रि्रसाद प्रधानसँग बहस गरेका बीपीले आफ्नोबारेमा आफैंले लिखित बहस पेस गरेका थिए । उनले अदालतलाई सोधेका थिए, ‘यो सम्पूर्ण परिस्थितिको सन्दर्भमा मैले यस अदालतमा आफ्नो सफाइ प्रस्तुत गर्न पर्दा एउटा यथार्थ सीमालाई ध्यानमा राख्नै परेको छ । यस कुराको प्रत्याभूति छ कि कानुनको सर्वोपरिता हरहालतमा कायम हुन्छ ? के यस कुराको प्रत्याभूति छ कि सामान्य मुद्दामामिलाको रोहमा प्रतिपादन भएका न्यायोचित सिद्धान्तहरूको सम्मान प्रस्तुत मुद्दामा पनि हुनेछ ? यस कुराको कुनै प्रत्याभूति छ कि कानुन बिराएर काम गर्ने कुनै पनि न्यायिक वा प्रशासनिक कामका लागि कसलाई उत्तरदायी बनाइएला ? मलाई सन्देह छ- अदालतमा यी प्रश्नहरूको निश्चित समाधान छैन… किन न्याय र कानुनको प्रक्रिया मेरो हकमा निर्रथक भए ? यसको पनि कानुन जवाफ होइन, राजनीतिक जवाफ मात्रै म पाउँछु ।’
प्रारम्भमा र्’पर्ख र हेर’को नीति अवलम्बन गरेका राजा अन्तत: कानुनी जवाफ राजनीतिक रूपमा दिन बाध्य भएर बीपीलाई रिहा गर्न बाध्य भए । सँगसँगै राजनीतिक घटनाक्रमले यति चाँडो-चाँडो मोड लियो कि बीपीको मेलामिलाप नीतिसहितको नेपाल आगमन आत्महत्या होइन राजनीतिक मार्ग प्रशस्त गर्न र्समर्थ भयो । अनि, प्रश्नैप्रश्नको बीचको जवाफ पनि ।
(सन्दर्भ : ३६सौँ राष्ट्रिय मेलमिलाप दिवस)
प्रतिक्रिया