स्थानीय तहको चुनाव जेठभित्र गर्न सुझाव दिने सत्ता-गठबन्धनको निर्णय

स्थानीय तहको चुनाव जेठभित्र गर्न सुझाव दिने सत्ता-गठबन्धनको निर्णय


सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न पाँचदलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तय गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी थिए ।

ज्ञातव्य छ, स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।