राजस्व छली मुद्दामा पक्राउ परेमा उमाशंकर कारागारमुक्त

राजस्व छली मुद्दामा पक्राउ परेमा उमाशंकर कारागारमुक्त


राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर-१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् ।

पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वोच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।

सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् ।

सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए । जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन् ।