नेपालमा थप ३,५४० जनामा संक्रमण, पछिल्लो चार दिनमा ३२ जनाको मृत्यु

नेपालमा थप ३,५४० जनामा संक्रमण, पछिल्लो चार दिनमा ३२ जनाको मृत्यु


नेपालमा आइतबार ३,५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता संगिता कौशल मिश्रका अनुसार ९,९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र ३,२३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३,९९९ जना छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ । १३ माघदेखि १६ माघसम्मको चारको मृत्युको संख्या थप ३२ जना प्राप्त भएको बताइएको छ ।