स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जान नेता त्रिपाठीको माग

स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जान नेता त्रिपाठीको माग


जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेता त्रिपाठीले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेर मात्र निर्वाचनमा जानुपर्ने माग गरेका हुन् ।

आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागत योग्य रहेको बताउँदै त्रिपाठीले भनेका छन्, ‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनि जनता प्रगतिशील पार्टी नेपालको जोडदार माग छ ।’

यस्तो छ जनता प्रगतिशील पार्टी नेपालको प्रेस विज्ञप्ति-