आदिवासी जनजाति महासंघको प्रवास समितिको जिम्मेवारी हेरफेर

आदिवासी जनजाति महासंघको प्रवास समितिको जिम्मेवारी हेरफेर


नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ । महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो ।

जसअनुसार महासंघले अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी यूएई निवासी पासाङ शेर्पालाई दिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।

छन्त्यालका अनुसार प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङलाई दिइएको छ । यस्तै सदस्यसचिवमा बेलायत निवासी विमला सेन लिम्बु चयन भएकी छन् भने बहराइननिवासी मिलन राईले सहसचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै, आर्थिक संयोजकमा भने अष्ट्रेलियाका अरुण तामाङ चयन भएका छन्।