पूर्वसभासद डा. दुमनसिंह थापाको निधन

पूर्वसभासद डा. दुमनसिंह थापाको निधन


नेकपा (एकीकृत समाजवादी)का नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।

अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो ।

एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

नेपालमा एमसीसी भित्र्याउन लविङ गर्ने एक पात्रका रुपमा समेत डा. थापालाई उनका निकटवर्तीहरुले चित्रण गर्दै आएका थिए ।