प्रधानमन्त्री र प्रचण्डबीच एमसीसीबारे छलफल

प्रधानमन्त्री र प्रचण्डबीच एमसीसीबारे छलफल


file photo

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसी मामलाबारे छलफल भएको छ ।

अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको समाचार सार्वजनिक चर्चाको विषय बनेपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् ।

सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका बताइएको छ । प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका बताइएको छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्षनेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ भने यो मामला थप पेचिलो बनेको अनुभूति समेत गरिएको छ ।

प्रधानमन्त्री देउवाले लामो समयदेखि एमसीसी पारित गराउने विषयमा गठबन्धनमा आवद्ध दलहरुको साथ खोजिरहेका छन् । नेकपा एसका नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । कार्यदलका संयोजक खनाल र माओवादी नेता श्रेष्ठ एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा छन् ।