एमसीसी प्रस्ताव आउने आशंकामा सापकोटाले संसद् नै स्थगित गरे !

एमसीसी प्रस्ताव आउने आशंकामा सापकोटाले संसद् नै स्थगित गरे !


प्रस्ताव पास गर्न प्रधानमन्त्री देउवाको दबाब बढ्दो

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न सत्तासाझेदार (गठबन्धन) दलभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् ।

गठबन्धन सुत्रका अनुसार प्रचण्ड-नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नि सापकोटाले अचानक संसद् बैठकसमेत स्थगित गरेका छन् ।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधिसभाको बैठक तोकेका थिए । प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेतकै कारण उनले २६ माघलाई संसद् बैठक तोकेका छन् ।

यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ ।