सोमबारको तथ्यांकमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढी, आठ जनाको मृत्यु

सोमबारको तथ्यांकमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढी, आठ जनाको मृत्यु



नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ८८ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ ।

यस्तै, सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ हजार १९१ पुगेको छ । यो दर ९०.५ प्रतिशत हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ ।

विगत २४ घण्टामा आठ जनाको सङ्क्रमणको कारणले निधन भएको मन्त्रालयले जनाएको छ । पछिल्लो आँकडाअनुसार नेपालमा अहिलेसम्म ११ हजार ७४३ जनाको सङ्क्रमणका कारणले निधन भएको छ ।

यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १८ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

२०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।