साबुन उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति

साबुन उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति


राजविराज नगरपालिका वडा नं. ७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।

सप्तरी बोदेबरसाइन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा संचालन गर्दै आएको साबुन फैक्ट्रीमा विद्युतीय लाइन सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

आगलागीबाट साबुन उद्योगमा रहेको १२ सय कार्टुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फलगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।

प्रहरी, स्थानीय सर्वसाधारण, तालिमकेन्द्र राजविराज सप्तरीको दमकल, राजविराज नगरपालिकाको दमकलको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको थियो ।