गठबन्धनका शीर्ष नेताहरु गठबन्धन टुट्न नदिने र एमसिसी सहमतिमा पास गर्ने निचोडमा

गठबन्धनका शीर्ष नेताहरु गठबन्धन टुट्न नदिने र एमसिसी सहमतिमा पास गर्ने निचोडमा


सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो ।

बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो ।

त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको बुझिएको छ ।

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ ।