प्रधानमन्त्रीको ‘पातलो’ कुरा !

प्रधानमन्त्रीको ‘पातलो’ कुरा !


प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गराउने पक्षमा अमेरिका रहेको र चीन रोक्ने पक्षमा भएको बताउनुभएको छ ।

एमसीसी सम्झौतासम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय कार्यदलसँगको बैठकमा देउवाले उक्त अभिव्यक्ति दिनुभएको हो । गत शनिबार भएको उक्त बैठकमा देउवाको भनाइ थियो- ‘सबैलाई थाहा छ, अमेरिका एमसीसी सम्झौता अनुमोदन गराउन चाहन्छ र चीन चाहँदैन भन्ने ! छिटो पारित गराउनु पऱ्यो, अमेरिकाले मलाई फेब्रुअरी १ तारेखसम्मको समय दिएको छ ।’

देउवाको कुरा सुनेर बैठकका सहभागीहरू छक्क परेका थिए । उक्त बैठकमा कार्यदलका संयोजक झलनाथ खनाल अलिक बढी नै होशियारीका साथ प्रस्तुत भएका र सदस्य नारायणकाजी श्रेष्ठले चाहिँ ‘एमसीसी सम्झौतामा आवश्यक संशोधन र परिमार्जन नभइ पारित गर्न सकिँदैन, यही विषयलाई लिएर गठबन्धन टुट्छ भने टुटोस्’ भन्ने अभिव्यक्ति दिएका बुझिएको छ ।

त्यस्तै कार्यदलका अर्का सदस्य मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चाहिँ ढिलो नगरिकन ‘एमसीसी’ अनुमोदन गर्नुपर्ने धारणा प्रकट गर्नुभएको थियो ।